×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खेलौना पेस्तोल देखाएर रकम असुल्ने एकजना पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खेलौना पेस्तोल देखाएर रकम असुल्ने एकजना पक्राउ 

Artha Sarokar

९ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिका-४ मठियास्थित इलाकामा सिमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोतिहारी ग्राम पन्चायत खरोही-४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिएका छन् । 

प्रहरी निरीक्षक महतोका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर देखाई रकम माग्ने गरेका थिए । प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताएका छन् ।  

पक्राउ परेका कलामलाई म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी