
- अर्थ सरोकार सम्बाददाता
सल्यान । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरेको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काजकिरिया बापतको रकम समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले तिरिसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै, उनले तिर्न बाँकी रहेको कर्जा १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको बैंकले जनाएको छ ।
उक्त रकम स्वर्गिय दिपा रावतको श्रीमान तिलक राम रावतलाई शारदा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुल्सीराम रावतद्धारा रावतको घरमा पुगि हस्तान्तरण गरेको हो । यस अघि पनि उक्त बैंकले करीव ६ लाख बराबरको ऋण मिनाह तथा राहत वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्