×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेश अदालतले रोक्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेश अदालतले रोक्यो 

Artha Sarokar

११ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाको अदालतले जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश रोकेको छ । अदालतले ट्रम्पको उक्त कार्यकारी आदेशलाई असंवैधानिक भन्दै तत्कालका लागि उक्त आदेश रोकेको हो । 

ट्रम्पको उक्त आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको उक्त आदेश कार्यान्वयनमा अस्थायी रुपमा रोक लगाएका हुन् । 

अदालतले ट्रम्पको उक्त आदेशलाई १४ दिनका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि १४ दिनपछि उक्त आदेशलाई नवीकरणसमेत गर्न सकिनेछ । 

ट्रम्पले राष्ट्रपतिको सपथ ग्रहण गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिक पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर गरेका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी