×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको नाफासँगै इपिएस पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्रोफाइनान्सको नाफासँगै इपिएस पनि घट्यो

Artha Sarokar

११ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३८.४१ प्रतिशतले घटेको हो । यसअवधिमा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ८६.२६ प्रतिशतले घटेको छ । 

लघुवित्तको खुद ब्याज आम्दानी घटेकै कारण नाफा घटेको हो । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत र सञ्चालन मुनाफा ४३.३८ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यसअवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ । पुष मसान्तसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी