×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुकुलो पारिँदै सिंगापुरको मौद्रिक नीति 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खुकुलो पारिँदै सिंगापुरको मौद्रिक नीति 

Artha Sarokar

११ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिंगापुरको मौद्रिक नीति ४ वर्षपछि खुकुलो पारिँदै छ । शुक्रबार सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस)ले मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको हो ।  

एमएएसले मौद्रिक नीतिमा खुकुलो नीति लिएको सन् २०२० पछि यो पहिलोपटक हो । 

आर्थिक वृद्धिको गति सुस्त भएको र यसवर्ष कोर मुद्रास्फितिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा एमएएसले यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

एमएएसले सन् २०२५ मा आवास र निजी यातायातको लागतबाहेकका मुद्रास्फीति औसत १ प्रतिशतदेखि २ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । त्यस्तै, उपभोक्ता मूल्य सूचकाङ्कका सबै वस्तुहरुको मुद्रास्फिति औसत १.५ प्रतिशतदेखि २.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी