×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको दाबी- ‘मौद्रिक नीति थप लचिलो आउँछ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थमन्त्रीको दाबी- ‘मौद्रिक नीति थप लचिलो आउँछ’

Artha Sarokar

१३ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति थप लचिलो हुने बताएका छन् । विराटनगरमा ‘विराट एक्सपो’को उद्घाटन गर्दै पौडेलले राष्ट्र बैंकको मौद्रिक नीति थप लचिलो हुने बताएका हुन् ।

उनले पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लगेको भन्दै आगामी दिनमा थप लचिलो हुने बताएका छन् ।

राष्ट्र बैंकको मौद्रिक नीति लचिलो बताउने विषयमा सरकारले राष्ट्र बैंकसँग पहल गर्ने अर्थमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि गभर्नरसँग परामर्श तथा छलफल गरिरहेको पनि बताएका छन् ।

त्यस्तै, अर्थमन्त्री पौडेलले नेपालमा राजनीति बिग्रिएकै कारण अर्थतन्त्र बिग्रिएको बताएका छन् । उनले काँग्रेस–एमालेको सरकार गठनपछि नीतिगत रुपमा गरिएको परिवर्तनकै कारण अहिले निजी क्षेत्रको मनोबल बढेको पनि दाबी गरेका छन् । उनले निजी क्षेत्रको मनोबल थप बढाउन र अर्थतन्त्र लयमा ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै मौद्रिक नीति थप लचिलो आउने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी