काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको ३९ लाख बढी नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७८ हजार रुपैयाँसहित ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौँ टोखा बस्दै आएका श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट बरामद गरिएको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । उक्त रकम हुन्डी कारोबारका लागि प्रयोग भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्