काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमासिक अवधिको अपरिस्कृत प्रतिवेदन प्रकाशित गरेको छ । लघुवित्तले वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था सन्तोषजनक रहेको पाइएको हो ।
संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनीय सुधार गरि ६ करोड ४१ लाख ब्याज आम्दानी गरि रु २० लाख ८१ हजार खुद नाफा कमाएको छ ।
त्यस्तै नाफा कमाउँदा प्रति सेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरूको आत्मबल साथै उत्प्रेरणा बढेकाले संस्थाको नाममा उल्लेख्य सुधार आएको हो ।
संस्थाले शाखा प्रमुख तथा कर्मचारीलगायत सम्पूर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरूको वित्तीय सुरक्षा मनोबल उच्च यस अवधि भित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरू मार्फत ४० हजार ७३३ जान विपन्न घरपरिवारमा सेवा पुऱ्याउँदै २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्