काठमाडौँ । अमेरिकी सरकारले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको छ । यूएसएआईडी बन्द गर्न लागेको अमेरिकी सरकारी दक्षता विभागका निर्देशक एलन मस्कले घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा एक अडियो पोष्ट गर्दै यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् ।
यूएसएआईडी बन्द गर्ने मस्कको घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत समर्थन जनाएका छन् । यद्यपि ह्वाइट हाउसले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।
अमेरिकाले यूएसएआईडीमार्फत नेपालमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यूएसएआईडी बन्द भएसँगै एनजिओ/आइएनजिओ तथा गैरनाफामूलक कम्पनीमार्फत नेपालले पाइरहेको सहयोग बन्द हुनेछ भने यूएसएआईडी बन्द हुँदा नेपालमा थुप्रै एनजिओकर्मीहरुको उठिबास लाग्नेछ । केही दिनयता नेपालमा यूएसएआईडको वेबसाइटसमेत बन्द छ ।