×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता 

Artha Sarokar

२२ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । 

चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । 

यसअघि जिल्ला सरकारी वकिल कार्यालय चितवनले ढाँचा र तथ्यांक नमिलेको भन्दै प्रहरी प्रतिवेदनको फाइल फिर्ता पठाएको थियो । त्यसप्रश्चात प्रहरीले पुनः अनुसन्धानपछि उक्त फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

मुद्दा सोमबार नै दर्ता भनिएको भए पनि सरकारी वकिलहरुको व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो । उक्त मुद्दामा रवि लामिछाने रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइको छ । 

उक्त मुद्दामा रवि लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्यलाई भने संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गराएको मुद्दामा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ । त्यसबाहेक विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी