Skip to content
LAXMI SUNRISE BANK

बुद्ध एयरमा ‘भ्यालेन्टाइन अफर’, एउटा टिकट किन्दा अर्को फ्रि !

अर्थ सरोकार

काठमाडौँ । बुद्ध एयरले एउटा टिकट किन्दा अर्को टिकट फ्रि दिने भएको छ । कम्पनीले भ्यालेनटाइन डेलाई लक्षित गर्दै एउटा टिकट किन्दा अर्को टिकट फ्रि दिने घोषणा गरेको हो ।

बुद्ध एयरका अनुसार यो सुविधा माउन्टेन फ्लाइट गर्नेहरुलाई लक्षित गरिएको छ ।

अर्थात, १३ हजार ९ सय ९९ रुपैयाँ पर्ने माउन्टेन फ्लाइटको एउटा टिकट खरिद गर्दा अर्को टिकट फ्रिमा दिइनेछ । ‘फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाइन्छ । यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ ।’, बुद्ध एयरको सूचनामा भनिएको छ ।

त्यस्तै, भ्यालेनटाइन डेको दिन बुद्ध एयरमार्फत उडान भर्ने यात्रुहरुलाई थप उपहार पनि दिने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK