Skip to content
LAXMI SUNRISE BANK

२३ दिनमा अमेरिकाबाट २० नेपाली निकालिए 

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाको सत्ता डोनाल्ड ट्रम्पले सम्हालेपछि २० जना नेपालीहरु देश निकालामा परेका छन् । जनवरी २० देखि फेब्रुअरी ११ सम्म २० जना नेपालीहरु देश निकालामा परेका हुन् ।

अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको घोषणा अनुसार नै उनीहरुलाई स्वदेश फर्काइएको अमेरिकाको अध्यागमन कार्यालयले जनाएको छ । 

यसो त अमेरिकाले देश निकाला गर्नेहरुको सूचीमा १ हजार ३ सय ६५ जना नेपालीहरुको विवरण सार्वजनिक भएको थियो । तर, यसबीचमा १ महिला र १९ जना पुरुषलाई नेपाल फर्काइदिएको छ ।

उनीहरुलाई बिना भिसा यात्रा गरेको र गलत नियतका साथ बसोबास गरेकोले स्वदेश फर्काइएको अमेरिकी अध्यागमन कार्यालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK