काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले नेपालमा भ्रष्टाचार झनै बढेको बताइएकी छिन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद पन्तले भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको अध्यय प्रतिवेदन अनुसार यस वर्ष नेपालमा भ्रष्टाचार अघिल्लो वर्षको तुलनामा झन् बढेको बताइन् ।
उनले नेपालमा भ्रष्टाचार झनै बढेको र सुशासन झनै कमजोर हुँदै गएको पनि बताएकी छिन् । त्यस्तै, सन् २०२३ को भन्दा पनि कम अंक पाउनुको कारण मूल्यांकन गर्न पनि आग्रह गरेकी छिन् ।
‘दुःखको कुरा नेपालमा भ्रष्टाचार बढेको र सुशासन खस्किएको प्रतिवेदनले देखाएको छ । नेपालले जम्मा ३४ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ३५ थियो ।’, उनले भनिन्, ‘अझ हामी सुशासनमा कमजोर देखिएका छौँ । भ्रष्टाचार बढेको देखिएको छ । सन् २०२३ को भन्दा पनि कम हुनुमा हाम्रा केके कमजोरी हो ? त्यसको मूल्यांकन हुनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्