काठमाडौँ । बिग्रेको बिग्र्यै गर्न थालेपछी इसेवा छोड्नेहरु ह्वात्तै बढेका छन् । गत डिसेम्बर तेश्रो सातादेखि निरन्तर ठूलो समस्या आउन थालेको एपमा हप्तैपिच्छेजसो समस्या आउने क्रम नरोकिएपछि हाल इसेवा छोड्नेहरु ह्वात्तै बढेका हुन् ।
इसेवाका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो दुई महिनामा २ लाख बढि प्रयोगकर्ताले इसेवा ‘अनस्टल’ गरिसकेका छन् भने इसेवा ‘अनस्टल’ पनि नगर्ने र नचलाउने प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ । इसेवाका कर्मचारीका अनुसार अहिलेको ‘इनएक्टिभ युजर’हरुको संख्या तुलनात्मक रुपमा हालसम्मकै उच्च हो
इसेवामा पहिलो पटक ठूलो समस्या आएकै दिन पनि इसेवा प्रयोग गर्नेहरुको संख्या निकै बढेको थियो । त्यसलगत्तै पुनः समस्या आएपछि इसेवा छोड्नेहरुको संख्या पुनः बढेको थियो । एकपछि अर्कोगरि निरन्तर समस्या आउने क्रम नरोकिएपछि इसेवा छोड्नेहरुको संख्या ह्वात्तै बढेको हो ।
इसेवा बिग्रिरहनू, प्रयोगकर्तालाई असहज हुनु, कुनै पनि बेला बिग्रन सक्ने अवस्था देखिनु, इसेवामा लिंक गरिएका बैंक खाताबाट रकम हराउनु, इसेवामा ह्याकर प्रवेश गरेको चर्चा चल्नु, पठाओ, इन्ड्राइभजस्ता राइड सेयरिङ एपका राइडरहरुले इसेवा लिन नमान्नु, रेस्टुरेन्टहरुमा पनि सकेसम्म इसेवाबाट भुक्तानी लिन नखोज्नु लगायतका कारण इसेवाले ठूलो संख्यामा ग्राहक गुमाएको हो ।
यता इसेवा बिग्रिएपछि त्यसको सबैभन्दा बढी फाइदा खल्ती र आइएमई पेले पाएका छन् । इसेवा बिग्रेको दिन यी दुई वालेटहरुको डाउनलोडसमेत ह्वात्तै बढेको पाइएको छ । इसेवा बिग्रन थालेपछी इसेवा मात्र प्रयोग गर्नेहरुले पनि खल्ती, आईएमई पे लगायतका वालेट पनि डाउनलोड गरिरहेका छन् । हिजोमात्रै खल्ती र आइएमई पे मर्जरमा जाने भएका छन् । यसले अब मर्जर पछिको आईएमई खल्ती देशकै एक नम्बर वालेट हुने भएकाले इसेवा सिधै दोस्रो स्थानमा देखिने छ ।
डाउनलोडका हिसाबले इसेवाका सबैभन्दा बढी प्रयोगकर्ता थिए । तर, युजर सन्तुष्टिका हिसाबले खल्ती र आईएमई पे इसेवा भन्दा निकै अगाडि थिए । अब दोस्रो र तेस्रो वालेट एक हुने र पहिलो बिग्रिरहने भएपछि इसेवाले थप ग्राहक गुमाउने देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्