काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई भव्य समारोहकाबीच सम्मान गरेको छ ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । उनले अभिकर्ता संंजालको व्यवसायिकरणलाई सधैँ उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराए ।
जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही वर्ष देखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भईरहेको बताउँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखी ३ करोड सम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गरेका थिए साथै निरन्तर ५१ दिन सम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागि भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
विभागिय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरुको समेत उपस्थिती रहेको सो भव्य समारोहमा विभिन्न मनोरन्जानात्मक प्रस्तुती, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफुहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेश लिडरहरुले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्