काठमाडौँ । कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र सूर्यविनायक १० मिलनचोक, भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्सरे, युसिजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट हुने भएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
साथै, आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्