काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । लघुवित्तको बागमती प्रदेश कार्यालयको आयोजनामा चितवन जिल्लाको भरतपुरमा फाल्गुन १० गते ‘एक दिने वितिय साक्षरता एवम् प्रभातफेरी कार्यक्रम’ सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा शाखा कार्यालय भरतपुरका सदस्यहरु, कर्मचारीहरु र स्थानीय भद्रभलामीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सभाध्यक्षता जेस्ठ नागरिक एकि कुमारी गुरुङले गरेकी थिइन्। प्रमुख अतिथीको अतिथ्य्ता भरतपुर महानगरपलीका वडा न १६ का कार्यवाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी, विशेष अतिथि यस संस्थाका संस्थापक सदस्य ध्रुवराज मिश्र, नेपाल रास्ट्र बैंककी पुर्व उपनिर्देशक उमा बोहरा जोशी, जेष्ठ नागरिक संघका सचीव प्रेम प्रकाश पौडेल साथै अन्य अतिथिहरुमा बाग्मती प्रदेश कार्यालय प्रमुख रामकिशोर चौधरी, बरादी अनुगमन कार्यालय प्रमुख रोहित ढुङ्गगानाले गरेका थिए।
कार्यक्रमको सुरुवातमा करिब १३५ जना सहभागीहरुले विभिन्न वितिय साक्षरता सम्बन्धि नारा सहित बजार क्षेत्रमा परिक्रमा गरि प्रभातफेरी कार्यक्रम गरिएको थियो । प्रभातफेरि कार्यक्रम पश्चात् कार्यक्रम स्थल ज्ञानेस्वरी वन उपभोक्ता समितीको सभा हलमा सबै सहभागीहरु पुगि औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रमको संचालन भरतपुर अनुगमन कार्यालय प्रमुख सरस्वती तिवारीले गरेका थिए। अतिथीहरुलाई ब्याज वितरण संस्थाका कर्मचारीद्व्य सम्झना ढुंगाना र जानकी कुमारी थापाले गरेका थिए । कार्यक्रम सुरुवात नेपालको राष्ट्रिय गान सङै गरिएको थियो भने सदस्यहरुलाई स्वागत मन्त्व्य बरादी अनुगमन कार्यालय प्रमुख रोहित ढुंगानाले राखेका थिए।
सो पश्चात् प्रमुख अतिथीबाट पानसमा दिप प्रजोलन गरी कार्यक्रमको उद्घाटन गरे। बागमती प्रदेश प्रमुख रामकिशोर चौधरीले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुको साथै अतिथिहरु दुर्गा सोडारी रेग्मी र ध्रुवराज मिश्रले शुभकामना मन्तव्य राखे। उक्त अतिथीहरुको शुभकामना मन्तव्य पश्चात् नेपाल रास्ट्र बैंककी पुर्व उपनिर्देशक उमा बोहरा जोशीले वितिय साक्षरता सम्बन्धि तालिम संचालन गरि सहभागीहरुलाई वितिय साक्षरताको महत्त्व र आवस्यकताको बारे प्रष्ट परेका थिए। उनको तालिम पश्चात् सहभागीहरुसङ अन्तरक्रिया गरि सहभागीहरुको जिज्ञासा र गुनासोको सम्बोधन बागमती प्रदेश प्रदेश राम किशोर चौधरीले गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्