×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको छ’

Artha Sarokar

११ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको बताएका छन् । उनले आइतबार आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा यस्तो बताएका हुन्।

अध्यक्ष ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताएका हुन् । अहिले पनि कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै उनले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता विषयले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राखे ।

उनले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्न फराकिलो दृष्टिकोणको आवश्यकता रहेको जनाए । साथै, ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउन आवश्यक भएको उनको भनाइ थियो । उनले आफूले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको बताए ।

उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीमा लगानी गर्ने लक्ष्यका साथ महासङ्घको अगुवाइमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी कामहरू अगाडि बढाइएको जानकारी दिए । नेपालको कृषि तथा अन्य विकास परियोजनामा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विसकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी