काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले डिसेम्बर २०२४ मा लिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षामा प्राइम सिएबाट एतिहासिक नतिजा आएको छ । प्राइम सिएका विद्यार्थीहरु सिएको प्रथम तहमा टप टेनमा आठ जना अर्थात सबै भन्दा बढी र्यांक होल्डरमा पर्न सफल भएका छन्।
प्रथम स्थान हासिल गर्ने विद्यार्थी सौगात श्रेष्ठले अहिले सम्मकै सर्वाधिक अंक ९३.६७ प्रतिशत प्राप्त गर्दै इतिहास रच्न सफल पनि भएको छ । त्यसैगरी सिएको दोस्रो तथा तेस्रो तहमा पनि यस संस्थामा अध्ययन गरेका विद्यार्थीहरुको नतिजा अब्बल रहेको छ । २१ वर्ष अगाडि सिए को लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यो शैक्षिक संस्थाले सिएको सबै तहमा उच्चतम अङ्क हासिल गर्न सफल भएको र यो दुई दशकको अवधिमा १०००ं सिएहरु उत्तीर्ण भई नेपालकै एक अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ।
गुणस्तरीय शिक्षालाई सर्वाधिक महत्व दिँदै आएको यो संस्थाले आफ्ना हरेक गतिविधिहरूमा शैक्षिक गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र परिणामस्वरूप सिएको सबै तहमा सर्वोत्कृष्ट नतिजा पनि हासिल गर्न सफल भएको छ । उर्वर तथा शान्त शैक्षिक वातावरण, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरू, अनुशासन र समयनिष्ठता प्रति प्रतिबद्ध, अध्यावधिक पाठ्यसामग्रीहरू, साप्ताहिक र एकाइ परीक्षाहरू, बोर्डमा हुने परीक्षा जस्तै आवधिक छात्रवृत्ति परीक्षाहरू तथा प्रशस्त रिभिजन कक्षाहरूको व्यवस्थापनले विद्यार्थीहरूको अधिकतम क्षमता उजागर गर्न प्रशस्त बलियो आधारहरु तयार भएका छन् ।
परिणामत: निरन्तर उत्कृष्ट नतिजाहरू प्राप्त गर्न सफल हुँदै आएको छ । उपलब्ध स्रोत तथा साधनहरू विद्यार्थीहरूको क्षमतालाई भरपुर सदुपयोग हुनेगरी चुस्त दुरुस्त तरिकाले सञ्चालन तथा व्यवस्थापन गरिएको यो संस्थामा विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि अवलम्बन गरिएका शैक्षिक गतिविधिहरूले विद्यार्थीहरूको पेशागत जीवन तथा व्यक्तिगत जीवनमा ठूलो योगदान पुर्याएको देखिन्छ।
यस संस्थामा अध्ययन गरी सिए उत्तीर्ण भएका एक हजार भन्दा बढी चार्टर्ड एकाउन्टेन्टहरू देश तथा विदेशका विभिन्न प्रतिष्ठित संस्थाहरुको उच्च तहमा रहेर महत्त्वपूर्ण जिम्मेवारी बहन गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्