काठमाडौँ । कुमारी क्यापिटलले आफ्नो ‘कुमारी क्यापिटल’ नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ। जसले व्यवस्थित लगानी योजना (एसआइपी) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउने कम्पनीले जनाएको छ।
अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् ।
एसआइपी अब झन् सजिलो !
कुमारी क्यापिटल मोबाइल एपको माध्यमबाट एसआइपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ ।
एपका प्रमुख विशेषताहरूः
एसआइपी व्यवस्थापन: कुनै पनि समय, कहीँबाट पनि एसआइपी सुरु, ट्रयाक र व्यवस्थापन गर्न
डिम्याट खाता व्यवस्थापन: डिम्याट खाता हेर्न र व्यवस्थापन गर्न सहज बनाउने ।
आइपियो, एफपियो र हकप्रद शेयर आवेदन: अब आइपियो आवेदन दिँदा झन्झटबिनाको अनुभव ।
छरितो, सुरक्षित र प्रयोगकर्तामैत्री एप: आधुनिक प्रविधि, सहज इन्टरफेस र सुरक्षित लगानी ।
नेपालमा डिजिटल लगानीको युग
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा भन्छन्, ‘हामी चाहन्छौँ कि प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा बिदेशमा रहनु हुने हरेक नेपालीको हात हातमा पुगोस भन्ने हेतुलेनै हामीले मोबाइल एप मार्फत एसआइपी सुरु गर्ने, डिम्याट खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, एसआइपीमा आवेदन दिने जस्ता सुविधाहरू अझ सरल बनाएका छौं, जसले गर्दा लगानीकर्ताहरूको यात्रा झन् सहज र व्यवस्थित हुनेछ ।’ यस क्यापिटलले लगानी मैत्री प्रविधिको विकासमा विशेष ध्यान दिदै आइरहेको समेत जानकारी गराए ।
आजै डाउनलोड गर्नुहोस
कुमारी क्यापिटल मोबाइल एप एन्ड्रोइड प्रयोगकर्ताको लागि https://play.google.com तथा एप्पल प्रयोगकर्ता लागि एप स्टोरमा उपलब्ध छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्