काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले रजहर शाखा कार्यालयमा फाल्गुन ११ गते आइतबार वित्तीय साक्षरता एवम् प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।
शाखा कार्यालय सदस्यहरू तथा स्थानीय भद्रभलादमीको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रमको गैडाकोट नगरपालिका वडा नं १४ कि वडा सदस्य एवम् रजहर शाखाकी सदस्य चन्द्रमाया सिन्जाली मगर, प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं १४ कि वडा अध्यक्ष एवम् रजहर शाखाकी सदस्य कोकिसरा रानामगर, विशिष्ट अतिथि नेपाल राष्ट्र बैंककी पूर्व उपनिर्देशक उमा बोहरा जोशी रहेकी थिइन्।
साथै, अतिथिहरूमा देवचुली नगरपालिका वडा नं १३ का सदस्य सुमोचन्द्र सुवेदी, सोही नगरपालिका वडा नं ०३ गोमादेवी पौडेल तिमल्सिना, रजहर टोल विकास समितिका सदस्य ललि कुमारी महतो, इलाका प्रहरी कार्यालय रजहरका प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल बहादुर कुँवर, धुसेनी वन उपभोक्ता समितिका उपाध्यक्ष गोविन्द प्रसाद पौडेल र सहसचिव ऋषिराम बराल, नेरुड़े मिर्मिरे लघुवित्त वित्तीय संस्थाका बाग्मती र गण्डकी प्रदेश कार्यालय प्रमुख रामकिशोर चौधरी, भरतपुर कलस्टर कार्यालय प्रमुख सरस्वती तिवारी, बरादी कलस्टर कार्यालय प्रमुख रोहित ढुङ्गाना, रजहर शाखा कार्यालय प्रमुख सम्झना ढुङ्गाना र डण्डा शाखा कार्यालय प्रमुख दीर्घ बहादुर बिक अथिति रहेका थिए।

सहभागीहरूले वित्तीय सचेतना सम्बन्धी प्ले कार्ड बोकी बजार क्षेत्र परिक्रमा गरि प्रभातफेरी कार्यक्रम गरिएको थियो । प्रभातफेरी कार्यक्रम पश्चात् कार्यक्रम स्थल साहारा पार्टी प्यालेसको सभा हल दलदले नवलपुरमा सबै सहभागीहरू पुगि औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रमको संचालन भरतपुर कलस्टर कार्यालय प्रमुख सरस्वती तिवारीले गरेका थिए। कार्यक्रम सुरुवात नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो भने सदस्यहरूलाई स्वागत मन्तव्य बरादी कलस्टर प्रमुख रोहित ढुंगानाले राख्नु भएको थियो । बागमती प्रदेश प्रमुख रामकिशोर चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुको साथै प्रमुख अतिथि स्थानीय जनप्रतिनिधिहरू चन्द्रमाया सिञ्जाली मगर र कोकिसरा रानामगर लगायत अन्यले शुभकामना मन्तव्य राखेका थिए।
अतिथिहरूको शुभकामना मन्तव्य पश्चात् नेपाल राष्ट्र बैंककी पूर्व उपनिर्देशक उमा बोहरा जोशीले वित्तीय साक्षरता सम्बन्धी तालिम सञ्चालन गरि सहभागीहरुलाई वितिय साक्षरताको परिचय, महत्त्व, उद्देश्य, बचत गर्ने तरिकासँगै बचत गर्दाको फाइदाहरू, कर्जा सदुपयोगिता, बिमाको प्रयोगले हुने जोखिममा कमि बारे प्रकाश परिन्। साथै, कर्जा दुरुपयोग र नियतवश कर्जा नतिर्दा नीतिगत हुने कानुनी कारवाही बारे प्रष्ट पार्नु भएको थियो । सामाजिक रुममा वित्तीय संस्थाको भूमिका र अहिले बर्तमान अवस्थाको बारेमा चर्चा गरिन्। सहभागी सदस्यहरुबाट उठेको जिज्ञासा र गुनासोको सम्बोधन प्रदेश प्रमुख राम किशोर चौधरीले गरेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्