काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला रसुवा उत्तरगया गाउँपालिका वडा नं ४ घर भई हाल जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुङ्गा बस्ने ३७ वर्षीय ध्रुव कुमार विश्वकर्मा रहेका छन् ।
जमुना शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ध्रुव कुमार विश्वकर्मा भएको बैकिङ कसूर मुद्दामा एक दिन कैद र विगो तीन लाख जरिवाना गर्ने भनि सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भएपछि उनी फरार रहेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीको टोलीले विश्वकर्मालाई फागुन १२ गते काठमाडौँ महानगरपालिका वडा नं १३ कुलेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सम्मानित काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्