काठमाडौँ । अवैध सुन तस्करीको आरोपमा ४ जना पक्राउ परेका छन् । बिहीबार काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित तीन जना महिला र एक जना पुरुष पक्राउ परेका हुन् ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीन जना महिलाले मलद्वारमा लुकाएर सुनको तस्करी गर्दै गरेका थिए । उनीहरुसँगै एउटै समूहमा भएकाले एक पुरुषलाई पनि पक्राउ गरिएको छ । उनको साथबाट भने सुन नभेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु उज्बेकिस्तानका नागरिक हुन् । उनीहरुको पासपोर्टमा नाम अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवाm गलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्