×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बबरमहलको फुटपाथ निर्माण कार्य महिनौँदेखि अलपत्र, सडक विभाग बेखबर, सास्तीमा पैदलयात्री (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बबरमहलको फुटपाथ निर्माण कार्य महिनौँदेखि अलपत्र, सडक विभाग बेखबर, सास्तीमा पैदलयात्री (तस्विरहरु)

Artha Sarokar

२० फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ । काठमाडौँको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ । पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू नै झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन् ।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्काए पनि निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ । बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो । यो खण्ड सिंहदरबारको नजिकै पर्छ । जहाँ नीति-निर्मातादेखि उच्च पदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ । फुटपाथ  प्रयोग गर्नै गाह्रो छ । आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन् । जसले जोखिम झन् बढाएको छ ।  

बबरमहल खण्डको अर्को विडम्बना के छ भने, यही क्षेत्रमा सडक विभागको कार्यालय छ । जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ । तर, आफ्नै चोकको हालत दयनीय हुनु दुर्भाग्यपूर्ण होइन र ? यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन्। पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारण मात्र होइन, कानुनी क्षेत्रका पेशाकर्मीहरू पनि सास्ती खेपिरहेका छन् ।  

नेपाल विद्युत प्राधिकरण (एनईए) ले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याउने काम गरिरहेको छ । यो काम अत्यावश्यक भए पनि, निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ । जबसम्म भूमिगत प्रसारण लाइनको काम सम्पन्न हुँदैन, तबसम्म फुटपाथ निर्माणले गति लिन नसक्ने देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी