×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हेक्का राख’ भन्दै बालेनलाई गण्डकीका मन्त्री पाठकको धम्की, भने- ‘के हो बालेन भाइ तिम्रो पारा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘हेक्का राख’ भन्दै बालेनलाई गण्डकीका मन्त्री पाठकको धम्की, भने- ‘के हो बालेन भाइ तिम्रो पारा ?

Artha Sarokar

२० फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) माथि आक्रोश पोखेका छन् । मेयर शाहले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै स्टाटस लेखेपछि मन्त्री पाठकले मेयर शाहमाथि आक्रोश पोखेका हुन् । 

मेयर शाहले ‘भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’ भन्दै स्टाटस लेखेका थिए । 

मेयर शाहको सोही स्टाटसप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री पाठक मेयर शाहमाथि खनिएका छन् । ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने । छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ?’, उनले लेखेका छन् ।

त्यति मात्र होइन, उनले मेयर शाहलाई ‘भाइ’ सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा ‘हेक्का राख’ भन्दै चेतावनीसमेत दिएका छन् । उनले लेखेका छन्, ‘हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ । चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्का कुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी