×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ३७ दललाई कारवाही गर्ने तयारी ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ३७ दललाई कारवाही गर्ने तयारी ! 

Artha Sarokar

२१ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारवाही गर्ने तयारी गरेको छ । आयोगमा कायम रहेका १२१ दलहरुमध्ये लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने ३२ दललाई आयोगले कारवाही गर्ने तयारी गरेको हो । 

आयोगका अनुसार हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित ८९ दलले मात्रै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् । बाँकी ३२ दलले अहिलेसम्म पनि लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । 

यसो त आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरुले अनिवार्य रुपमा आयव्ययसहितको लेखापरीक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्छ । तर, आर्थिक वर्ष सकिएको ८ महिना बित्दा पनि ३२ दलले भने लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । यी दललाई जरिवानासहितको कारवाही गर्ने तयारी आयोगले अघि बढाएको छ ।

हालसम्म आयोगमा प्राप्त दलहरुको लेखापरीक्षण प्रतिवेदन अनुसार नेकपा एमाले सबैभन्दा धनी देखिएको छ । गत आर्थिक वर्षमा नेकपा एमालेले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने ७ करोड रुपैयाँ बचत गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी