काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङजा जिल्ला बिरुवा गाउँपालिका वडा नं. ६ घर भई तारकेश्वर नगरपालिका वडा नं. ९ बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ६ घर भई टोखा नगरपालिका वडा नं. ०८ बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुन्दर केसीले दुई जनालाई अजरबैजान पठाउने भन्दै १२ लाख ७० हजार रुपैयाँ र किरण घर्तीले दुई जनालाई सर्बिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्