×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः श्रेष्ठ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः श्रेष्ठ

Artha Sarokar

२८ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिने बताएका छन् । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उनको भनाई छ । 

‘चेकमा गलत अमाउण्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ ।’, उनले भने, ‘त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’

त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने/नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी