काठमाडौँ । पालुङटार नगरपालिकामा ग्लोबल मनी वीक २०२५ को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त र्याली गरेका छन्। वित्तीय साक्षरताको प्रवर्द्धन गर्ने उद्देश्यसहित, पालुङटार नगरपालिकामा ग्लोबल मनी वीक २०२५ को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त र्याली गरेका हुन।
डिजिटल ठगी तथा यसको रोकथाम सम्बन्धी सचेतना फैलाउने उद्देश्यले गरिन लागेको यस र्यालीमा विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा सहकारी संस्थाहरूको सहभागिता थियो। पलुङटार नगरपालिकामा ठाँटीपोखरी बजार क्षेत्रमा रहेका प्रभु बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक,साङ्ग्रीला बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कृषि विकास बैंक, युनाइटेड अजोड इन्स्योरेन्स र जन्मभूमि बचत तथा ऋण सहकारी संस्था साकोसका कर्मचारीहरुको सक्रिय सहभागिता थियो ।
र्यालीमा सहभागीहरूले डिजिटल ठगी तथा साइबर सुरक्षाका विषयमा जनचेतनामूलक सन्देशहरू सम्प्रेषण गर्दै पलुङटारका ठाँटी पोखरी बजार क्षेत्रमा परिक्रमा गरेका थिए। सहभागी संस्थाहरूका प्रतिनिधिहरूले डिजिटल ठगीको जोखिम, सुरक्षित डिजिटल कारोबार, बैंकिङ सुरक्षाका उपायहरू लगायतका विविध विषयमा आम नागरिकहरूलाई सचेतना अभिवृद्धि गर्नेव पम्पेलेट र व्यानरहरु प्रदर्शन गरिएको थियो ।
ग्लोबल मनी वीक जस्ता वित्तीय सचेतनामूलक कार्यक्रमहरूले डिजिटल वित्तीय कारोबारप्रति आम सर्वसाधारणको विश्वास बढाउने तथा सुरक्षित बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्