काठमाडौँ । आचार्य बन्धु समाज नेपाल चितवनको सभापतिमा पुनः शंकर प्रसाद आचार्य निर्वाचित भएका छन् । पूर्व निर्णय अनुसार चैत ८ गते शुक्रबार भएको अधिवेशनबाट आचार्य सभापतिमा निर्वाचित भएका हुन् ।
यसैगरी उपाध्यक्षमा रमेश आचार्य, सचिवमा गोविन्द आचार्य तथा कोषाध्यक्षमा रामचन्द्र आचार्य निर्वाचित भएका छन् । सदस्यहरुमा रेशमलाल आचार्य, मायाँनाथ आचार्य, गंगा प्रसाद आचार्य, प्रतिमा पाण्डे आचार्य, गोविन्द्र प्रसाद आचार्य (कालीका), डिल्लीराम आचार्य, सिता आचार्य (भरतपुर), भोजराज आचार्य, पार्वती आचार्य, पवित्रा आचार्य गरी १५ सदस्यीय समिति चयन गरिएको छ ।
अधिवेशनले कमल प्रसाद आचार्य (कालीका) लाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
पूर्व न्यायधीश इश्वरराज आचार्यको संयोजकत्वमा सदस्यद्वय माधव प्रसाद आचार्य र चिरञ्जीवी आचार्य सदस्य रहेको तीन सदस्यीय समितिले निर्वाचन गरी उक्त समिति चयन गरेको थियो ।
कौण्डिन्य गोत्रीय आचार्य वंशावली विमोचन र आचार्य बन्धु समाज नेपालको चितवन अधिवेशन उद्धघाटन लागि प्रमुख अतिथीको रुपमा कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य भरतपुर गएका थिए । उनले आचार्य आजको समयमा एकता र आवश्यकताको अत्यन्तै खाँचो भएको र उक्त कार्य धेरै नै अगाडी बढिसकेको बताए ।

आफू मानवताका लागि काम गर्ने भएपनि आफूलाई आचार्य परिवार महत्वपूर्ण हुने र परिवारलाई सबैले सम्झनुपर्ने भन्दै आफूलाई काठमाडौं आएका बेला चितवनबासी आचार्यले सम्पर्क गरेर सुझाव, सल्लाह दिए झर्को नलाग्ने भन्दै नम्बरसमेत सार्बजनिक गरेका थिए ।
त्यस्तै, समाजका चितवन जिल्ला अध्यक्ष शंकर प्रसाद आचार्यले चितवन र वरपरका कौण्डिन्य गोत्रीय आचार्यहरुलाई समेटेर बंशावली प्रकाशन गरिएको भन्दै आफूहरुले हरसम्भव समेट्ने प्रयास गरेको दाबी गरेका थिए ।
चितवन जिल्ला समन्वय समितिको हलमा गरिएको वंशावली बिमोचन तथा जिल्ला अधिवेशन कार्यक्रम उद्घाटनपछि बोल्दै देशको राजनीतिक र व्यापारीक हव चितवन भरतपुर आएर महत्वपूर्ण कार्यक्रमको प्रमुख अथिति हुँदा खुशी लाग्नुका साथसाथै आफूलाई आचार्य बन्धु समाज नेपाल चितवनको देशको ७७ जिल्लामध्येको उदाहरणीय कार्यक्रम गरेर देखाएको बताए ।
कार्यक्रममा साहित्यकार उदय अधिकारी, शिक्षाविद रमाकान्त साप्कोटा, न्यौपाने समाजका अध्यक्ष रामहरी न्यौपाने, सापकोटा कल्याण समाजका सचिव विष्णु सापकोटा, आचार्य समाजका धादिङ अध्यक्ष केशव आचार्य, पूर्ण न्यायधीश इश्वर आचार्य, कल्पना सापकोटा (काफ्ले)लगायत विशिष्ट व्यक्तिहरुले आचार्य समाजको गतिबिधि र आगामी भूमिकाका विषयमा आ-आफ्ना विचारहरु राखेका थिए ।
वंशावली विमोचनपछि उक्त वंशावली उपस्थित सबैलाई निःशुल्क वितरण गरिएको थियो । कार्यक्रममा सचिव गोविन्द्र प्रसाद आचार्य तथा कोषाध्यक्ष रामचन्द्र आचार्यले सचिव र कोषाध्यक्षका प्रतिबेदनहरु पढेर सुनाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्