काठमाडौँ । सिन्धु विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १४औँ र १५औँ वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको हो ।
चैत्र ८ गते शुक्रबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एण्ड रिसोर्टमा सम्पन्न बैकको साधारण सभाले आर्थिक वर्ष २०७९-८० र आर्थिक वर्ष २०८०-८१ को वित्तिय विवरण सर्वसम्मतीले पारित गरेको छ ।
गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा गर्न नसकेको बैकले दुई वर्षको वार्षिक साधारण सभा एकै साथ सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०८१-८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरेको छ भने स्वतन्त्र संचालकमा श्री भरत बहादुर कार्कीको नियुक्तीलाई पनि अनुमोदन गरेको छ ।
साधारण सभाको विशेष प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र बैंकले क्षेत्रियस्तरको बिकास बैकको लागि तोकेको न्यूनतम चुक्ता पुंजी एक अर्ब बिस करोड हुनुपर्ने ब्यवस्था बमोजिम बैकको हालकायम रहेको चुक्ता पुंजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ । नेपाल राष्ट्र बैंकलगायत अन्य नियमनकारी निकायहरुले स्वीकृति प्रदान गरे पश्चात मात्र उक्त हकप्रद शेयर जारी गरिने गरि उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
साथै, उक्त साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ती सम्बन्धि कार्य गर्न सक्ने गरि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ । सिन्धु विकास बैक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रियस्तरको बिकास बैंक हो । बैंकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्