Skip to content
LAXMI SUNRISE BANK

दैलेखमा काम गरेबापत कर्मचारीले तलब पाएनन्

अर्थ सरोकार

काठमाडौँ । दैलेखमा काम गरेबापत कर्मचारीले तलब नपाएको विषयमा गुनासो गरेका छन्। जिलाको चामुण्डा बिद्रासैनी नगरपालिका ६ जबमुकाँधमा रहेको समावेशी सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हाम्रो समावेशी एफएममा कार्यरत कर्मचारीहरूको पारिश्रमिक तोकिए पनि कर्मचारीहरूले पारिश्रमिक नपाएपछि गुनासो व्यक्त गरेका हुन् ।

उक्त संस्था २०७७ साल देखि सञ्चालनमा आएको हो। उक्त एफएम रेडियो स्थापना कालदेखि नै कार्यरत कर्मचारीहरूको पारिश्रमिक तोकिएता पनि कर्मचारीहरूले पारिश्रमिक नपाएको उक्त कार्यालयका एक कर्मचारीले गुनासो गरेका छन् ।

सोही कार्यालयका एक कर्ममचारी टेकबिर शाहीले भने, ‘ तँपाइको मासिक तलब १२ हजार हुन्छ र तँपाईलाई हाम्रो बजेट अनुसार बढी तलबमा पनि राख्नेछु र खाना नास्ता र बस्नका लागि नि:शुल्क छ भनेर सम्पूर्ण कुरा दिएर बोलाए, कार्यालमा उपस्थित हुँदा काम लगाए । हामीले नियुक्ति पत्र माग्दा सँधै भोलि दिन्छु भनेर आशा देखाए । तर, कहिल्यै दिएनन् ।’

उनले भने, ‘समावेशी सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हाम्रो समावेशी एफएमका कार्यालयका पमुख सुरेन्द्र बहादुर शाही आफ्नो काम देखाएर समावेशि सहकारी संस्था खातामा भएको उक्त रकम लिएर भारत जाने गर्छन्। केही महिना कसैको सम्पर्कमा नरहि हराएका हुन्छन् । यता, रेडियोमा केही समस्या आएको जानकारी पाएपछि केही हप्ता सम्पर्कमा आएर उक्त कार्यालयका प्रमुख नेपाल फकिन्छन् । पारिश्रमिक माग्दा सामान मर्मत गर्नुछ भन्दै आजभोलि रकम छैन भने भन्ने गर्छन् ।’

आफुले गरेको कामको पारिश्रमिक नपाएपछि उक्त संस्थाका एक कर्मचारीले तलब नपाएको विषयमा गुनासो गरेका हुन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK