Skip to content
LAXMI SUNRISE BANK

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको घटेन

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सोमबार रातिदेखि लागू भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

डिजेल र मट्टितेलसँगै निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तराष्ट्रियतर्फ प्रतिलिटर अमेरिकी डलर ५१ ले घटाएको छ । पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK