काठमाडौँ । गत असोजदेखि बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । आर्थिक अभावका कारण बन्द भएको उद्योग चैत २३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
चैत २३ गतेदेखि उद्योगको किलमा फायर गरेर उत्पादन सुरु गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक नवीन कर्णले जानकारी दिएका छन् ।
चरम आर्थिक संकटको सामना गरिरहेको उद्योगले उत्पादन बन्द हुनुमा अघोषित लोडसेडिङ बाहना बनाइको थियो । गत मंसिरदेखि उद्योगमा अघोषित रुपमा बिहान र बेलुका गरी ६ घण्टा हुने लोडसेडिङका कारण उद्योग सञ्चालन गर्न नसकिएको उद्योगले दाबी गरेको थियो ।
तर, अब विद्युत प्राधिकरणले नियमित रुपमा उद्योगमा बिजुली दिने भएसँगै उत्पादन पुनः सञ्चालन गर्न थालिएको बताइएको छ । यसअघि उद्योग नै बन्द हुँदा कर्मचारी र मजदुरलाई तलब खुवाउन नसकेपछि मजदुरहरु आन्दोलित बनेका थिए । हाल मजदुरहरुसँग उद्योग सञ्चालनमा आएपछि तलब दिने सहमति गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्