काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आज सकिँदैछ । गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल आज (चैत २२ गते) सकिने भएको हो ।
यसो त गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिने भनिए पनि २३ गते शनिबार र २४ गते रामनवमी पर्वको सार्वजनिक बिदा परेकाले गभर्नरको कार्यकालको अन्तिम दिन २२ गते बनेको हो ।
गभर्नरका रुपमा पाँच वर्ष व्यतीत गरेपछि राष्ट्र बैंकबाट जाँदाजाँदै अधिकारीले पत्रकार भेटघाट कार्यक्रम राखेका छन् । भेटघाटमा गभर्नर अधिकारले आफ्नो कार्यकालको समीक्षा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्र बैंकबाट गभर्नर अधिकारी बिदा भएपछि नियमित प्रशासनिक कामकाज बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानाले सम्हाल्नेछिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्