Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रसंघ महासचिव गुटेरेस भन्छन्, ‘व्यापार युद्धमा कसैले पनि जित्दैन’

अर्थ सरोकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘व्यापार युद्ध’मा कसैले पनि नजित्ने दाबी गरेका छन् । व्यापक विरोधका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘पारस्परिक कर’ सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उत्पन्न परिस्थितिका सवालमा गुटेरेसको यस्तो प्रतिक्रिया आएको हो ।

आदेशमा १० प्रतिशत ‘न्यूनतम आधारभूत कर’ र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइने जनाइएको छ ।

ह्वाइट हाउसको पछिल्लो ट्यारिफ नीतिमा गुटेरेसको टिप्पणीको बारेमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘व्यापार युद्धमा कोही पनि जित्दैन ।’ त्यस्तै, उनले विश्वव्यापी व्यापार युद्धले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूलाई ‘नकारात्मक’ रूपमा असर गर्ने उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनले शुक्रबार एक विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले लगाएको करले कमजोर देशहरूलाई हानी पुर्याउने चेतावनी दिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK