काठमाडौँ । पछिल्लो पाँच वर्षमा अमेरिकामा ग्रिन कार्ड लिने नेपालीको संख्या ४२ हजार नाघेको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस)को तथ्यांक अनुसार सन् २०१९ देखि सन् २०२३ सम्म ४२ हजार ३ सय ५७ जना नेपालीले अमेरिकामा कानूनी प्रक्रिया पूरा गरेर ग्रिन कार्ड लिएका छन् ।
ग्रिन कार्ड कानुनी प्रक्रिया पूरा गरेर अमेरिकामा स्थायी बसोबास गर्न सकिने आधिकारिक अनुमतिपत्रका रुपमा लिइने कार्ड हो । अमेरिकामा डाइभर्सिटी भिसा (डिभी लोटरी), रोजागर, असाइलम र एक्ट्रा अर्डिनरीका आधारमा नेपालीहरुले ग्रिन कार्ड पाएका छन् ।
सोही अवधिमा अमेरिकामा गैरकानूनी रुपमा बसोबार गरेका आधारमा ३ सय २४ जना नेपालीलाई निष्कासित गरिएको छ ।