काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले पदबाट राजिनामा दिएका हुन् । उनले शुक्रबार बिहान राजिनामा पत्र बुझाएका छन् ।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन ।
तर, बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउने समझदारी भएको थियो ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले संभवत आजै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ । त्यसपछि मन्त्रीपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्