काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पन्तले शपथ लिएका हुन् ।
नवनियुक्त शिक्षामन्त्री पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री नियुक्त गरिएको हो ।
पन्त एमालेका समानुपातिक सांसद हुन् ।