काठमाडौँ । कक्षा १२ को परीक्षा सरिसकेपछि सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा भनिएको छ- ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने, सार्न नलगाउने’
सर्वोच्चको यो आदेशसँगै अव शिक्षकहरुको आन्दोलन सफल नभए पनि कक्षा १२ को परीक्षा भने सर्ने छैन ।
यद्यपी सर्वोच्चले शिक्षकहरुलाई घर फर्काउने वातावरण ३ दिन भित्र बनाउनसमेत आदेश दिएको छ । यसले सरकार र शिक्षकहरुको आन्दोलन सहमतिमा टुङ्गिने सम्भावनालाई बढाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्