×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउनेछः देउवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आगामी बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउनेछः देउवा

Artha Sarokar

१५ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यसवर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने र निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘मलाई विश्वास छ यसवर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुनेछन् ।’, उनले भने, ‘मलाई विश्वास छ आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाएको सवालाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

त्यस्तै, उनले देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राखेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक सीपहरुको प्रवर्द्धनउद्यमशिलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक रहेको उनको भनाइ छ । 

‘देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस कार्यक्रममार्फत निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्नका लागि अनुरोध गर्दछु ।’, उनले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गरी मौलिक सीपहरुको प्रवर्द्धन गरी उद्यमशीलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी