काठमाडौँ । लड अफ द ड्रिंक्स (एलओडी) विश्वकै ४४औँ उत्कृष्ट क्लब बनेको छ । युकेस्थित डिजे म्यागले सन् २०२५ का लागि छनोट गरेको विश्वभरका उत्कृष्ट क्लब क्याम्पेनमा एलओडी ४४औँ स्थानमा परेको हो ।
एलओडी विश्वकै ४४औँ क्लब बन्नु एलओडी मात्र नभएर नेपालकै लागी गौरवको विषय भएको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले बताएका छन् ।
एलओडी क्लबका कर्मचारीहरुको योगदान र मिहेनतका कारण यो स्थानमा पुगेको भन्दै कुँवरले क्लबका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन् । क्लबलाई उत्कृष्ट मात्र नभएर सुरक्षित क्लबका रुपमा स्थापित गर्न कर्मचारीको भूमिका महत्वपूर्ण रहेको कुँवरको भनाई छ ।
त्यस्तै, उनले क्लब भन्ने बित्तिकै अधिकांशको नजर नकारात्मक हुने भन्दै आफूहरुले विशुद्ध व्यवसाय गरेको र राज्यप्रतिको सम्पूर्ण दायित्व पूरा गरेकोले क्लबप्रति कसैलाई पनि नकारात्मक नहुन कुँवरले आग्रह गरेका छन् । साथै उनले पछिल्लो समय नेपालमा क्लबप्रतिको धारणा चिर्न एलओडीले भूमिका खेलेको पनि बताएका छन् ।
हालको एलओडीलाई थप परिस्कृत गर्दै व्यवस्थित र मर्यादित बनाउँदै लैजाने दाबी गर्दै हाल विश्वकै ४४औँ उत्कृष्ट क्लब बनेको एलओडी आगामी दिनमा थप उत्कृष्ट बन्नेमा विश्वास व्यक्त गरेका छन् ।