Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैशाख १७ गतेबाट आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोहि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याईएको थियो । सो अवधिमा सेयर बिक्री नभएपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुकले आगामी १५ दिनभित्र बैंकको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK