×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिइओ पद छोड्ने वारेन बफेटको घोषणापछि बर्कसायर ह्वाथवेको सेयर मूल्यमा गिरावट, अर्बौँ क्षति हुने अनुमान ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिइओ पद छोड्ने वारेन बफेटको घोषणापछि बर्कसायर ह्वाथवेको सेयर मूल्यमा गिरावट, अर्बौँ क्षति हुने अनुमान ! 

Artha Sarokar

२३ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित वारेन बफेटले सिइओ पद छोड्ने घोषणा गरेपछि बर्कसायर ह्याथवेको सेयर मूल्यमा गिरावट आएको छ । ६० वर्षसम्म नेतृत्व गरेपछि सिइओ पदबाट राजिनामा दिने घोषणा गरेकै दिनदेखि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । 

हाल बफेटले नेतृत्व गरेको बर्कसायर ह्याथवे १.१६ ट्रिलियन डलरको कम्पनी बनेको छ । तर, बफेटको उक्त घोषणापछि कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । 

कम्पनीमा बफेटको राजिनामापछि अर्को वर्षदेखि लागू हुनेगरी उपाध्यक्ष ग्रेग एबेललाई अध्यक्ष र सिइओ बोर्डले तयारी गरेको छ । उक्त घोषणा पनि बफेटले नेब्रास्काको ओमाहामा भएको बर्कसायरको वार्षिक बैठकमा गरेका थिए ।

बफेटको उक्त घोषणापछि हाल कम्पनीको क्लास बी सेयरहरु प्रतिकित्ता ५३०.०१ डलरमा झरेका छन् । यो गिरावट जारी रहे बजार पूँजीकरणमा अर्बौँको क्षति हुने अनुमान गरिएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी