काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचार विरुद्धको लडाइ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् ।
पार्टीको भातृ सङ्गठन वाइसिएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताएका हुन् ।
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ । ‘म भ्रष्ट्राचारको फाइल खोल्न लागेँ ।’, उनले भने, ‘त्यो अभियान भ्रष्टहरूलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे ।’
प्रचण्डले आफूलाई शेरा दरबारसँग जोड्ने गरेको भन्दै उक्त विषयमा पनि छानबिन गर्न र आफ्नो संलग्नता पुष्टि गर्न सरकारलाई चुनौती दिएका छन् । ‘प्रचण्डको शेरा दरबारमा संलग्नता छ भने फाइल खोल्न भनेको थिएँ । तर उनीहरुले हिम्मत गरेनन् ।’, उनले भने, ‘किनकी त्यहाँ मेरो कुनै संलग्नता थिएन ।’
त्यस्तै, प्रचण्डले काँग्रेस-एमालेको बैशाखी नटेकी आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पनि दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्