Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बैशाख ३१ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK