काठमाडौँ । समृद्धि फाइनान्समा दुई नयाँ संचालक नियुक्त भएका छन्। कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले दुई नयाँ संचालक नियुक्त गरेको हो ।
बैठकले संस्थापक सेयरधनी एसजी अर्गनाइजेशन लिमिटेडको तर्फबाट रोशन पन्तलाई तथा स्वतन्त्र संचालकको रूपमा अजय कुमार मिश्रलाई संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल देशभर १३ वटा शाखा कार्यालयमार्फत आफ्नो कारोबार विस्तार गरिरहेको छ।
समृद्धि फाइनान्सले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस तथा क्यूआर कोडजस्ता डिजिटल सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्