काठमाडौँ । सांसद प्रभु साहले सरकारको लापरवाहीका कारण लघुवित्त पीडितहरू सडकमा आउन बाध्य भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुवित्त पिडितहरु निरन्तर सडकमा आइरहँदा पनि सरकार भने कानमा तेल हालेर सुतिरहेको बताएका हुन्।
उनले बैठकमा भने, ‘सरकारले झण्डै एक वर्ष अगाडि लघुवित्त पिडितहरुसँग सम्झौता गरेको थियो । वास्तबिक पिडितलाई पहिचान गर्न डेपुटि गर्भनरको नेतृत्वमा कार्यदल गठन भएको थियो । म सरकारलाई प्रश्न गर्छु की कार्यदल गठन भएतापनि प्रतिवेदन किन सार्वजनिक गरिएन ? सोहि प्रतिवेदन कार्यनवयन नगरिएकै कारण आज लाखौँ कालोसूचिमा परेका वृद्ध, अपाङता र विदुवाहरुले सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएका छन्।’
सांसद साहले सोही कारण सरकारले दिएको सुविधाबाट धेरै नागरिकहरू बन्चित भएको उल्लेख गरेका छन्। ‘यसको जवाफ सरकारले दिने कि नदिने ? सरकारकै लापारवाहीका कारण आज लघुवित्त पिडितहरु सठकमा आउन बाध्य भएका छन् । न्याय सबैलाई चाहिन्छ, लघुवित्त पिडितहरुलाई न्याय सरकारले कहिले दिन्छ,’ उनले थप भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्