काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट बाहिरिने रेमिट्यान्समा पनि कर लगाउने तयारी गरेका छन् । उनले ग्रिन कार्ड र एचवानबी भिसा भएका व्यक्तिहरुलाई पनि करको दायरामा समेट्ने गरी रेमिट्यान्समा समेत ५ प्रतिशत कर लगाउने तयारी गरेका हुन् ।
उनले आफ्नो प्रमुख प्राथमिकतामा परेको विधेयकमा सो प्रस्ताव गरेका छन् ।
यदि यो व्यवस्था ऐनका रुपमा लागू भएको खण्डमा अमेरिकाबाट अन्य मुलुकमा जाने रेमिट्यान्समा पनि कर तिर्नुपर्नेछ । सो कर रेमिट्यान्स पठाउने व्यक्तिले नै तिर्नुपर्ने व्यवस्था छ । अमेरिकाबाट बाहिरिने रेमिट्यान्स पठाउने व्यक्ति प्रमाणित अमेरिकी नागरिक नभएसम्म लागू हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विधेयकमा उल्लेख भए अनुसार रेमिट्यान्समा लाग्ने कर रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले नै संकलन गर्नुपर्नेछ भने संकलन गरिएको कर हरेक त्रैमासको अन्त्यमा ट्रेजरी सचिवलाई बुझाउनुपर्नेछ ।