×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर नियुक्तिपछि अर्थमन्त्रीसँग विश्व पौडेलको पहिलो भेट, भने- ‘अर्थ मन्त्रालयसँग समन्वय गर्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नर नियुक्तिपछि अर्थमन्त्रीसँग विश्व पौडेलको पहिलो भेट, भने- ‘अर्थ मन्त्रालयसँग समन्वय गर्छु’

Artha Sarokar

७ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल र अर्थमन्त्री विष्णु पौडेलबीच भेटघाट भएको छ । गभर्नर पौडेलले बुधबार बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीलाई भेटेका हुन् ।

भेटमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

गभर्नर र अर्थमन्त्रीबीचको भेटमा मुलुकको अर्थमन्त्र, वित्त नीति र मौद्रिक नीतिका विषयमा छलफल भएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार भेटमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र मौद्रिक नीतिमा देखा परेका समस्या समाधानमा नवनियुक्त गभर्नर पौडेलले महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।

यता गभर्नर पौडेलले पनि अर्थमन्त्रीको अपेक्षामा साथ दिँदै मौद्रिक नीतिमार्फत अर्थतन्त्र लचिलो हुने नीति लिने र वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने र अर्थमन्त्रालयसँग समन्वय गर्ने बताएका छन् । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताएका छन् ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी